Market Closed

एनआइसी एसियाको ऋणपत्र भर्ने आज अन्तिम मौका

20 Aug,2019
  • nic_asia_agm_12_19_2018_10_42_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइनेछ । एनआइसी एसियाले साउन ६ गतेदेखि ४४ लाख इकाई (युनिट) ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । यसमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २६ लाख ४० हजार इकाई बैंकले संघसंस्थालाई बेच्दैछ । 
 
 वार्षिक १०.२५% का दरले ब्याज पाइनेछ । एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।
 

Post Your Comment