Market Closed

एनआइसी एसियाको नाफा १ अर्ब माथि, अन्य सूचक कस्तो ?

16 Nov,2019
  • nic_asia_9_12_2019_9_58_59_9_27_2019_7_49_53.jpg
नेपाली पैसा

काठमाडौं : एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ३४.१३% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यसको खुद ब्याज आम्दानी न्यून (१.२२%) ले घटेको छ भने सञ्चालन नाफा ३४.६५% ले बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुर्याएको हो । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले बढेर ४० रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा रहेको छ । 

एनआइसीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५२% लाभांश दिएको छ । जसमध्ये ११.०५२% नगद र १०% बोनस सेयर रहेको छ । उक्त लाभांश बैंकको साधारण सभाबाट पारित भइसकेको छ भने लगानीकर्ताको खातामा लाभांश पठाउन सुरु गरी सकेको बैंकले जनाएको छ । 


 
 

Post Your Comment