एनआइसी एसियालाई १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड बिक्री गर्न अनुमति

11 Jul,2019
  • mutual_fund_5_28_2018_2_25_13.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया क्यापिटलले १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाई बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनआइसी एसिया क्यापिटलले ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ योजनाको १२ करोड ५० लाख इकाई बित्री गर्न अनुमति पाएको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । 
 
एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो । अहिले एनआइसी एसिया ग्रोथ फन्डको कारोबार भइरहेको छ । ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को बिक्री प्रबन्धकको काम पनि एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

Post Your Comment