Market Closed

अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन लागेको एनआइसी एसिया लघुवित्तको नाफा कति ?

20 Feb,2020
  • growth_2_20_2020_11_01_21.jpg
नेपाली पैसा
 
काठमाडौं : आइपीओ ल्याउने तयारीमा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्म ११ करोड १२ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ९२.८२% ले धेरै हो । गत वर्ष यसले ५ करोड ७७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
यसको खुद ब्याज आम्दानी पनि ६९.२३% ले बढेको छ । गत वर्ष यसै अवधिमा १३ करोड २ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यस त्रैमासमा बढाएर २२ करोड ४ लाख ८९ हजार रुपैयाँ पुर्याएको छ । यसको सञ्चालन नाफा पनि गत वर्षको भन्दा ८५.४३% ले वृद्धि भएको छ । गत वर्ष ८ करोड ७७ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यस कम्पनीले बढाएर १६ करोड २६ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ ।

ब्याज आम्दानी र सञ्चालन नाफा दुवै माथि लाग्दा खुद नाफा ह्वात्तै वृद्धि भएको हो । चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २१ करोड ८८ लाख ५७ हजार रुपैयाँ छ । पुससम्म ७९ करोड ४९ लाख ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको यसले ५ अर्ब ३४ करोड ८० लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
एनआइसी एसिया लघुवित्तको कस्ट अफ फन्ड ९.१७% छ । खराब कर्जा यस त्रैमाससम्म ०.५२% छ । कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यो लघुवित्त क्षेत्रकै अहिलेसम्मकै ठूलो आइपीओ हुनेछ । 
 

Post Your Comment