Market Closed

एनआइसी एसिया ग्रोथ फन्डले दोब्बरले बढायो सेयर बजारमा लगानी

29 Aug,2018
  • mutual_fund_3_15_2018_2_39_36.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको साउनमा प्रतिइकाई खुद सम्पति मूल्य ९ पैसाले बढेर १० रुपैयाँ १७ पैसा कायम भएको छ । अघिल्लो महिना प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ८ पैसा मात्र रहेको थियो । यसले सूचीकृत सेयरमा लगानी झन्डै दोब्बरले बढाएर २९ करोड ७३ लाख ३९ हजार ८१० रुपैयाँ पुर्याएको छ । ग्रोथ फन्डले अघिल्लो महिना १५ करोड ६७ लाख ७४ हजार ६७० रुपैयाँ मात्र सूचीकृत सेयरमा लगानी गरेको थियो । 
 
खुद सम्पति मूल्य पनि ८४ करोड १६ लाख बढेर ८४ करोड ९६ लाख ८६ हजार ९८७ रुपैयाँ कायम भएको छ । यो फन्डको जम्मा जारी इकाई ८ करोड ३५ लाख २० हजार हो । एनआइसी एसिया ग्रोथ फन्डले साउन सम्ममा ५५ वटा सूचीकृत कम्पनीको कुल ६ लाख १९ हजार ३६३ कित्ता सेयर होल्ड गरेको छ ।
 
जसमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ३५ हजार ५४८ कित्ता सेयरमा लगानी देखिन्छ । रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्समा १ करोड ४१ लाख ९३ हजार ७३२ रुपैयाँ लगानी छ । यो फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआइसी एसिया बैंक हो ।
 

Post Your Comment