Market Closed

एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद मूल्य १८ पैसाले बढ्यो, एनएमबिको सेयरमा धेरै लगानी

28 Sep,2018
  • mutual_fund_4_24_2018_11_30_51.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको भदौ महिनाको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ३५ पैसा कायम भएको छ । यो मूल्य साउन महिनाको भन्दा १८ पैसाले बढी हो । एनआइसीको खुद सम्पति मूल्य ८४ करोड ९६ लाख ८६ हजार ९८७ रुपैयाँबाट बढेर ८६ करोड ४४ लाख ८६ हजार ६१९ रुपैयाँ पुगेको छ । यो फन्डको जम्मा जारी इकाई ८ करोड ३५ लाख २० हजार हो ।
 
यस्तै, एनआइसीले सूचीकृत सेयरमा लगानी पनि ५ करोड ४९ लाख ८४ हजार २४१ रुपैयाँले बढाएर ३५ करोड २३ लाख २४ हजार ५१ रुपैयाँ पुर्याएको छ । एनआइसी एसिया ग्रोथ फन्डले भदौ सम्ममा ५५ वटा सूचीकृत कम्पनीको कुल ७ लाख ४६ हजार ३७ कित्ता सेयर होल्ड गरेको छ ।
 
फन्डको सबैभन्दा धेरै एनएमबि बैंकको ६१ हजार ३१५ कित्ता सेयरमा लगानी देखिन्छ । रकमका आधारमा पनि सबैभन्दा धेरै एनएमबिमै २ करोड २० लाख ७३ हजार ४०० रुपैयाँ लगानी छ । यो फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआइसी एसिया बैंक हो ।

एनआइसी एसिया ग्रोथ फन्डको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment