Market Closed

एनआइसी एसिया ग्रोथ फन्डले सेयरमा यसरी गरेको छ लगानी

28 Nov,2018
  • mutual_fund_3_15_2018_2_39_36.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको कात्तिक महिनाको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ २९ पैसा कायम भएको छ । यो असोजको भन्दा २ पैसाले कम हो । असोजमा यसको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ३१ पैसा रहेको थियो । 
 
खुद सम्पति मूल्य पनि ८६ करोड ८ लाख ६१ हजार रुपैयाँबाट घटेर ८५ करोड ९२ लाख ४० हजार ६६५ रुपैयाँमा झरेको छ । यो फन्डको जम्मा जारी इकाई ८ करोड ३५ लाख २० हजार रहेको छ ।
 
यसले कात्तिक सम्ममा ३९ करोड २३ लाख ३ हजार ६८५ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । ग्रोथ फन्डले हालसम्म ५५ वटा सूचीकृत कम्पनीको कुल ९ लाख ४४ हजार ४०४ कित्ता सेयर होल्ड गरेको छ ।
 
जसमा सबैभन्दा धेरै नेपाल बैंकको ७२ हजार २०० कित्ता सेयरमा लगानी देखिन्छ । रकमका आधारमा भने सबैभन्दा धेरै एनएमबि बैंकको ७० हजार ५१२ कित्ता सेयरमा २ करोड ४३ लाख ९७ हजार १५२ रुपैयाँ लगानी छ । यो फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआइसी एसिया बैंक हो ।
 

Post Your Comment