एनआइसी एसिया ग्रोथको न्याभ १९ पैसाले घट्यो, सेयरमा लगानी बढ्यो

28 Dec,2018
  • mutual-fund-_2_23_201_12_28_2018_10_33_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको मंसिरमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० पैसाले घटेर १० रुपैयाँ १० पैसा झरेको छ । अघिल्लो महिना प्रतिइकाई खुद मूल्य १० रुपैयाँ २९ पैसा मात्र थियो । यो फन्डले सूचीकृत सेयरमा लगानी ३ करोड १२ लाख १५ हजार ९९५ रुपैयाँले बढाएर ४३ करोड ३५ लाख १९ हजार ६८० रुपैयाँ पुर्याएको छ ।

यसले कात्तिकमा ३९ करोड २३ लाख ३ हजार ६८५ रुपैयाँ मात्र सूचीकृत सेयरमा लगानी गरेको थियो । खुद सम्पति मूल्य ८५ करोड ९२ लाख ४० हजार ६६५ रुपैयाँबाट घटेर ८४ करोड ३२ लाख १२ हजार ६३ रुपैयाँमा खुम्चिएको छ । 
 
यो फन्डको जम्मा जारी इकाई ८ करोड ३५ लाख २० हजार हो । एनआइसी एसिया ग्रोथ फन्डले मंसिर सम्ममा ५९ वटा सूचीकृत कम्पनीको कुल १० लाख ५९ हजार ६७० कित्ता सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै कामना सेवा विकास बैंकको ६९ हजार ७७६ कित्ता सेयरमा लगानी देखिन्छ ।

रकमका आधारमा सबैभन्दा धेरै एनएमबि बैंकमा २ करोड ६० लाख ८९ हजार ४४० रुपैयाँ लगानी छ । यो फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआइसी एसिया बैंक हो ।
 

Post Your Comment