Market Closed

एनआइसी एसिया ग्रोथको न्याभ ३९ पैसाले बढ्यो, यस्तो छ सेयर बजारमा लगानी

29 Jan,2019
  • mutual_fund_3_15_2018_2_39_36.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको पुसमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३९ पैसाले बढेर १० रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो महिना प्रतिइकाई खुद मूल्य १० रुपैयाँ १० पैसा मात्र थियो । यो फन्डले सूचीकृत सेयरमा लगानी ८ करोड ३६ लाख ३ हजार ४४६ रुपैयाँले बढाएर ५० करोड ७१ लाख २३ हजार १२६ रुपैयाँ पुर्याएको छ ।
 
यसले मंसिरमा ४२ करोड ३५ लाख १९ हजार ६८० रुपैयाँ मात्र सूचीकृत सेयरमा लगानी गरेको थियो । खुद सम्पति मूल्य पनि ८४ करोड ३२ लाख १२ हजार ६३ रुपैयाँबाट बढेर ८७ करोड ५७ लाख ४४ हजार ५१८ रुपैयाँ कायम भएको छ । 
 
यो फन्डको जम्मा जारी इकाई ८ करोड ३५ लाख २० हजार हो । एनआइसी एसिया ग्रोथ फन्डले पुस सम्ममा ६४ वटा सूचीकृत कम्पनीको कुल १३ लाख ३९ हजार ५०३ कित्ता सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको ७९ हजार ४२५ कित्ता सेयरमा लगानी देखिन्छ ।
 
रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ३ करोड १५ लाख ८४ हजार ९६० रुपैयाँ लगानी छ । यो फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआइसी एसिया बैंक हो ।

 

Post Your Comment