एनआइसी एसिया ग्रोथ फन्डको न्याभ १०.३६ पैसा, सेयर लगानी कति ?

24 Feb,2019
  • mutual-fund-_2_23_201_12_28_2018_10_33_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य माघ मसान्तमा १३ पैसाले घटेर १० रुपैयाँ ३६ पैसामा आएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ४९ पैसा थियो । यसले ६५ वटा कम्पनीको सूचीकृत सेयरमा लगानी गरेको छ ।
 
यस फन्डको सूचीकृत सेयरमा लगानी भने १ करोड ८ लाख २ हजार रुपैयाँले घटेर ४९ करोड ६३ लाख २० हजार ७२० रुपैयाँमा आएको छ । अघिल्लो महिना ५० करोड ७१ लाख २३ हजार १२६ रुपैयाँ लगानी गरेको थियो । सबैभन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा ३ करोड २० लाख २३ हजार रुपैयाँ लगानी रहेको छ ।
 
यता, मुद्दति निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ रहेको छ । बैंक मौज्दात भने यस महिना ९९ लाख ७ हजार ९९७ रुपैयाँले बढेर २३ करोड २४ लाख ४८ हजार ७०७ रुपैयाँ पुर्याएको छ ।

एनआइसी एसिया ग्रोथ फन्डको मासिक विवरण हेर्नुहोस् ।

Post Your Comment