Market Closed

एनआइसी एसिया ग्रोथ फन्डको न्याभमा ६४ पैसा सुधार, सेयर लगानी पनि बढ्यो

29 May,2019
  • mutual_fund_5_28_2018_2_25_13.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य वैशाख मसान्तमा ६४ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ७१ पैसा थियो । यसले ६८ वटा कम्पनीको सूचीकृत सेयरमा लगानी गरेको छ ।
 
यस फन्डको सूचीकृत सेयरमा लगानी गत महिना भन्दा २ करोड ४८ लाख ३५ हजार रुपैयाँले बढेर ५५ करोड ३९ लाख २२ हजार ८७२ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा २ करोड ८० लाख ९० हजार रुपैयाँ लगानी रहेको छ । सेयर कित्ताको आधारमा सबैभन्दा धेरै कामना सेवा विकास बैंकको ६९ हजार ७७६ कित्ता होल्ड गरेको छ ।
 
यता, मुद्दति निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ रहेको छ । बैंक मौज्दात भने यस महिना ३ करोड १६ लाख २८ हजार ६०७ रुपैयाँले बढेर २६ करोड ३ लाख ३५ हजार ११ रुपैयाँ पुर्याएको छ ।

एनआइसी एसिया ग्रोथ फन्डको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment