एनआइसी एसिया ग्रोथ फन्डको प्रतिफल घोषणा, लगानीकर्ताले १०% नगद पाउने

26 Jul,2019
  • mutual-fund-_2_23_2018_11_32_15_6_25_2018_12_31_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार बिहान ९ बजे बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १०% नगद दिने घोषणा गरेको हो ।

यस आधारमा फन्डले ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्नेछ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालित दोस्रो म्युचुअल फन्ड हो । 
 
यता, एनआइसी एसिया क्यापिटलकै व्यवस्थापनमा साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ का नाममा अर्को म्युचुअल फन्ड योजना  खुला गरेको छ । यसको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन खुला भएको  हो । 

 

Post Your Comment