Market Closed

एनआइसी एसिया ग्रोथ फन्डको न्याभमा ३ पैसा सुधार, १०% लाभांश दिँदै

30 Jul,2019
  • mutual_fund_5_28_2018_2_25_13.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य असार मसान्तमा ३ पैसाले बढेर ११ रुपैयाँ १८ पैसा पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ १५ पैसा थियो । यसले ६२ वटा कम्पनीको सूचीकृत सेयरमा लगानी गरेको छ । 
 
यस फन्डको सूचीकृत सेयरमा लगानी गत महिना भन्दा १ करोड ८८ लाख ५९ हजार रुपैयाँले घटेर ५० करोड ४८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको सेयरमा २ करोड ४४ लाख २८ हजार रुपैयाँ लगानी रहेको छ । सेयर कित्ताको आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ६३ हजार १२४ कित्ता होल्ड गरेको छ ।
 
यस्तै, मुद्दति निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ रहेको छ । बैंक मौज्दात भने यस महिना २ करोड ८४ लाख ३४ हजार ६४३ रुपैयाँले बढाएर २९ करोड ८२ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०% लांभाश (प्रतिफल) प्रदान गर्ने घोषण समेत गरिसकेको छ ।
 
यता, एनआइसी एसिया क्यापिटलकै व्यवस्थापनमा साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को नाममा अर्को म्युचुअल फन्ड योजना खुला भएको छ । यसको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन भएको हो ।

एनआइसी एसिया ग्रोथ फन्डको मासिक विवरण हेर्नुहोस् ।

Post Your Comment