Market Closed

नेपाल इन्सुरेन्सको नाफाको यात्रा, पाँच करोड १४ लाख कमायो

17 Aug,2016
  • eenepal-ins-_8_17_2016_12_54_42.png
नेपाली पैसा
काठमाडौं : नेपाल इन्सुरेन्सले नाफा कमाउने यात्रा सुरू गरेको छ ।

यो इन्सुरेन्सले आर्थिक वर्ष २०७२–७३ मा करिब पाँच करोड १४ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई करोड १३ लाख १६ हजार रूपैयाँले नोक्सानमा रहेको नेपाल इन्सुरेन्सले यसपटक आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार गर्न सफल भएको हो ।

कम्पनीले ४२ करोड २० लाख २८ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गर्न सकेको छ । यद्दपि, बिमा शुल्क अघिल्लो आर्थिक वर्षमा भने केही घटेको हो ।

अघिल्लो वर्ष ४३ करोड ९५ लाख नौ लाख रूपैयाँ खुद बिमा शुल्क आर्जन भएको थियो ।
नेपाल इन्सुरेन्सले आर्थिक वर्ष २०७२–७३ मा खुद ४३ करोड एक लाख ३२ हजार रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

यसअवधिमा अझै भुक्तानी हुन बाँकी दाबी रकम ४२ करोड १९ लाख २८ हजार रूपैयाँ रहेको छ । नेपाल इन्सुरेन्सले पुनर्बिमा कमिशन आय सात करोड ८४ लाख नौ हजार रूपैयाँ भएको वित्तीय विवरणमा देखाएको छ ।

चुक्ता पुँजी २८ करोड ७६ लाख आठ हजार रूपैयाँ भएको यो इन्सुरेन्सको जगेडा कोषमा १३ करोड ८४ लाख ६१ हजार रूपैयाँ जम्मा भएको छ ।

कम्पनीको बिमा कोषको आकार सात करोड ८९ लाख ७८ हजार रूपैयाँको छ । नेपाल इन्सुरेन्सको प्रतिसेयर आम्दानी १७.९० रूपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.६९ रूपैयाँ रहेको छ ।

Post Your Comment