Market Closed

नेपाल इन्स्योेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, ९ कात्तिक २०७३)

25 Oct,2016
  • nepal_insurance_resize_10_25_2016_11_49_49.jpg

कम्पनीको आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवमा रू. २ करोड १३ लाख रहेकोमा सुधारिएर रू. ५ करोड १४ लाख पुगेको छ ।  

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : शेयरमूल्यको विषयमा लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । सोही कारण अन्तिम दिनमा पनि फोर प्राइस डोजी बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कतातिर जान्छ भन्ने स्पष्ट सङ्केत दिँदैन ।

आरएसआई : न्युट्रल जोन (६३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १२ दशमलव ९९ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य रेखा ७ दिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार २ सय ३ मा टेवा पाउन सक्छ । महँगिएमा रू. १ हजार २ सय ८० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा गत आवमा रू. २ करोड १३ लाख रहेकोमा सुधारिएर रू. ५ करोड १४ लाख पुगेको छ ।  

- बीमा कोष ४८ दशमलब ३५ प्रतिशत बढेर रू. ७ करोड करोड ८९ लाख पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ३ दशमलब ९२ प्रतिशत झरेर रू. २५ करोड २७ लाखमा सीमित भएको छ ।

- आय १९ दशमलव ९१ प्रतिशत बढेर रू. १ अर्ब २५ करोड र व्यय ८ दशमलव ८२ प्रतिशत बढेर रू. १ अर्ब २० करोड पुगेकोे छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू न्यून प्रतिशत बढेको छ भने चालू दायित्व तथा व्यवस्थाहरू ४ दशमलब ३९ प्रतिशत बढेकोे छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या २ हजार २ सय ५० छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या २ हजार ६ सय ६ छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९ र पीई रेशियो साढे १३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ७ गुणा छ ।

Post Your Comment