Market Closed

नेपाल इन्सुरेन्सको २.२६% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

22 Apr,2018
  • Price_adjustment_4_22_2018_10_52_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सको २.२६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यो इन्सुरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ तोकिएको छ । आइतबार कम्पनीको सेयर कारोबार यही मूल्यालाई आधार मोनर खुलेको हो । नेपाल इन्सुरेन्सको औसत आधार मूल्य भने ७०३.५७ रुपैयाँ छ ।
 
कम्पनीले वैशाख २१ गते वार्षिक साधारण सभा गर्न बिहीबारदेखि बुक क्लाज गरेको हो । सभामा हाल बिक्री भइरहेको १००% हकप्रदपछि कायम हुने चुक्ता पुँजीको २.२६% बोनस सेयर दिने प्रस्ताव पेश हुँदैछ । यो इन्सरेन्सले वैशाख ५ गतेदेखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद बिक्री गरिरहेको छ ।
 
कम्पनीले यो हकप्रद र बोनसपछि कायम हुने ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ चुक्ता पुँजीमा फेरि ६५% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । फेरि हकप्रद बिक्री गरेपछि मात्र नेपाल इन्सुरेन्सको चुक्ता पुँजी बिमा समितिले तोके अनुसार पुग्नेछ ।

Post Your Comment