Market Closed

नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न अब ५ दिनमात्र समय, फेरि पनि आउँदैछ अर्को हकप्रद

17 May,2018
  • nepal-insurance-company-l__5_17_2018_2_32_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद भर्न अब ५ दिन मात्र समय बाँकी छ । लगानीकर्ताले आगामी मंगलबार (जेठ ८ गते) भित्र यस हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । नेपाल इन्सुरेन्सले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । चैत २२ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । वैशाख ५ गतेदेखि हकप्रद खुला भएको हो । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको कमलादी कार्यालयसहित सम्पूर्ण शाखाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ ।
 
यसैगरी, आस्वाबाट पनि भर्न सकिनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । १००% हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । पुँजी बढाउन कम्पनीले १००% हकप्रद बिक्री गरिसकेपछि फेरि अर्को ६५% हकप्रद सेयर नै जारी गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले हालै मात्र साधारण सभा गरेर ४.५२% बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ । १००% हकप्रद र यो बोनस सेयरपछि कायम हुने पुँजीमा फेरि ६५% हकप्रद ल्याउन लागिएको हो । बिमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन नेपाल इन्सुरेन्स हकप्रदको बाटोमा लागेको हो । 
 

Post Your Comment