Market Closed

नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्ने आज मात्र मौका, फेरि अर्को ६५% हकप्रद आउनेछ

22 May,2018
  • nepal-insurance-company_5_22_2018_10_57_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद भर्ने मंगलबार (जेठ ८ गते) अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख ५ गतेबाट ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा चैत २२ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि सेयर भर्न सकिनेछ । नेपाल इन्सुरेन्सको कमलादी कार्यालय सहित सम्पूर्ण शाखा तथा आस्वाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ ।
 
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । पुँजी बढाउन प्रयासरत कम्पनीले १००% हकप्रद बिक्री गरिसकेपछि फेरि ६५% हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीको वैशाख ११ गते सम्पन्न सभाले ६५% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको हो ।

बिमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन नेपाल इन्सुरेन्स पुनः हकप्रदको बाटोमा लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ६ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको नेपाल इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ९१ पैसा छ । 
 

Post Your Comment