Market Closed

नेपाल इन्सुरेन्सको १ लाख ६१ हजा कित्ता सेयरको लिलामी बोलपत्र खोलिंदै

27 Jun,2018
  • auction_6_27_2018_2_15_56.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सको १ लाख ६१ हजार १२४.१० कित्ता सेयर लिलामीको बोलपत्र आज (बुधबार) दिउँसो ३ बजेदेखि खोल्न सुरु हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजेदेखि बोलपत्र खोल्न सुरु हुनेछ । नेपाल इन्सुरेन्सले असार ३ देखि १० गतेसम्म सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता सेयर लिलामीमा ल्याएको हो । 
 
यसअघि कम्पनीले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म ३० लाख १९ हजार ८८६.१० कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३ हजार १९४ जना आवेदकबाट २८ लाख ५८ हजार ७६२ कित्ता सेयरका लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर कम्पनीले लिलामीमा ल्याइएको हो । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस नेपाल इन्सुरेन्सले ६ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको नेपाल इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ९१ पैसा छ । 
 
 
 

Post Your Comment