Market Closed

नेपाल इन्सुरेन्सको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता हुन थाल्यो

04 Jul,2018
  • Refund_7_4_2018_1_10_07.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सले बुधबार (असार २० गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । कम्पनीले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामै रकम फिर्ता गर्ने जनाएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ ।

यता, आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नगरेका र बैंक खाता रुजु नभएका सेयरधनीलाई भने चेकद्वारा रकम फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ । नेपाल इन्सुरेन्सले असार ३ देखि १० गतेसम्म सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता सेयर लिलामीमा ल्याएको हो । यो लिलामी सेयर असार १३ गते बाँडफाँट गरिएको हो । 
 
यसअघि कम्पनीले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म ३० लाख १९ हजार ८८६.१० कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस नेपाल इन्सुरेन्सले ६ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको नेपाल इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ९१ पैसा छ । 
 

Post Your Comment