Market Closed

नेपाल इन्सुरेन्सको नाफा ७१.२०% ले बढ्दा प्रतिसेयर आम्दानी किन घट्यो ?

11 Feb,2019
  • nepal-insurance-company-ltd_6_24_2018_10_19_19.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा ७१.२०% बढेको हो । गत वर्ष इन्सुरेन्सले ४ करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
कम्पनीले खुद बिमा शुल्क २९.७५% ले बढाएर २४ करोड १ लाख १ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद बिमा शुल्क १८ करोड ५० लाख ४४ हजार रुपैयाँ थियो । यता, कम्पनीले ८ करोड १९ लाख ६५ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ । गत वर्ष पुनर्बिमा कमिसनबाट ५ करोड ४ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको थियो । 
 
नेपाल इन्सुरेन्सले हालसम्म १७ करोड २३ लाख ४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कुल १ अर्ब १३ करोड ४५ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । जारी बिमालेखको संख्या गत वर्ष ३० हजार ५९ रहेकामा यो वर्ष बढेर ७१ हजार ९६ लाख पुगेको छ ।
 
नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ छ । रिजर्भ कोषमा २७ करोड ३६ लाख ८ हजार रुपैयाँ छ । यसले ६५% हकप्रद बिक्री गर्ने तयारी गरिरहेको छ । उक्त हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार रुपैयाँ पुग्नेछ । यस इन्सुरेन्सले बिमा कोषमा २३ करोड १४ लाख ६५ हजार रुपैयाँ जम्मा गरेको छ ।
 
नेपाल इन्सुरेन्सले गत वर्षको तुलनामा पुँजी १०४.५२% ले वृद्धि गरेपछि प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसाले घटेको छ । गत वर्ष १३ रुपैयाँ ५२ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ११ रुपैयाँ ८६ पैसामा झरेको हो । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल इन्सुरेन्सको दोस्रो त्रैमासिक विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment