Market Closed

नेको इन्सुरेन्सको १२% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

20 Aug,2019
  • photo_8_20_2019_11_26_01.jpg
नेपाली पैसा 

काठमाडौं : नेको इन्सुरेन्सको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि मंगलबार नेकोको सेयर कारोबार प्रतिकित्ता ४०३ रुपैयाँ ५७ पैसालाई आधार मानेर खुलेको छ । भदौ १४ गते साधारण सभा बोलाएको नेकोले मंगलबार (भदौ ३ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यसर्थ भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सुरक्षित गर्न सक्नेछन् । 
 
कम्पनीले गत वर्षको नाफाबाट  १२% बोनस र ०.६३%  नगद लाभांश (कर तिर्न) वितरण गर्न लागेको हो ।  १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण हुनेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद छुट्याइएको छ । 
 
हाल नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment