नेको इन्सुरेन्सले १२% बोनस अनुमोदन गर्न कहिले गर्दैछ एजीएम ?

29 Aug,2019
  • agm_new_8_29_2019_11_56_59.png
नेपाली पैसा 
 
काठमाडौं : नेको इन्सुरेन्सले शनिबार (भदौ १४ गते) वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ । भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट १२% बोनस र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्न लागेको छ। यो प्रस्ताव साधारण सभामा पेश हुनेछ ।
 
नेकोले १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद पनि छुट्याइएको छ । हाल नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ छ । बोनस वितरणपछि  पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

नेको इन्सुरेन्सको एजीएम सूचना हेर्नुहोस् । 
 

Post Your Comment