Market Closed

नेरुडेले २०.६८% लाभांश प्रस्ताव पारित गर्न पुस २९ मा बोलायो एजिएम, बुक क्लोज कहिले ?

17 Dec,2017
  • Nerude-lagghubitta-bikas-bank-_12_17_2017_12_25_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेरुडे लघुवित्त विकास बैंकको पुस २९ गते वार्षिक साधारण सभा हुने भएको छ । नेरुडेले १३% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । कम्पनीले ७.६८% नगद लाभांश दिने अर्को प्रस्ताव लैजाने भएको छ । नेरुडेले बोनसका लागि ३ करोड ९७ लाख ८० हजार रुपैयाँ र नगद लाभांश तिर्न २ करोड ३५ लाख १३ हजार ६८४ रुपैयाँ खर्च गर्नेछ । नेरुडेले अधिकृत पुँजी ४० करोड रुपैयाँबाट बढाएर ६० करोड रुपैयाँ पुर्याउने तयारी गरेको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ । साधारण सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । नेरुडेले पुस ९ देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ८ गतेसम्म कायम सेयरधनी लाभांशको यसको हकदार हुनेछन् । हाल नेरुडेको चुक्ता पुँजी ३० करोड ६० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४१ लख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ३३ पैसा छ । 
 
 

Post Your Comment