Market Closed

नेरुडेको खुद नाफा ५२.५३% ले घट्दा प्रतिसेयर आम्दानी कति ?

10 May,2018
  • Nerude-lagghubitta-bikas-bank-Ltd_5_10_2018_2_49_13.jpg
नेपाली पैसा
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ७२ लाख ९७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५२.५३% ले थोरै हो । गत वर्ष कम्पनीले ७ करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
यस्तै, खुद ब्याज आम्दानी पनि ४.५२% ले खुम्चिएर २२ करोड ५८ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष नेरुडेले २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ खुद ब्याज अम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि १२ करोडबाट घटेर ५ करोड ८६ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।
 
कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण सञ्चालन नाफा र ब्याज आम्दानीमा गिरावट आउनु हो । नेरुडेले यो त्रैमासम्ममा १ अर्ब ४० करोड ७७ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७५ करोड ३ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
चुक्ता पुँजी ३० करोड ६० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा २६ करोड २७ लाख ९७ हजार रुपैयाँ छ । यसको खराब कर्जा ०.८३% बाट बढेर १.५६% भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ २५ पैसा (वार्षिक) रहेको नेरुडेको प्रतिसेयर नेटवर्थ भने १८५ रुपैयाँ ८८ पैसा रहेको छ ।

Post Your Comment