नेपाली पैसा
काठमाडौं :
नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा उद्योग संगठन मोरङको सभा हल विराटनगरमा ११ बजेब सुरु हुँदैछ । सभामा कम्पनीले २०.७९% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । नेरुडेले गत वर्षको कमाईबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश वितरण गर्न लागेको हो ।
बोनस वितरणमा नेरुडेले ५ करोड १८ लाख ६७ हजार रुपैयाँ र नगदमा २ करोड १८ हजार ८४२ रुपैयाँ खर्च गर्नेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ । साधारण सभा गर्न नेरुडेले पुस ५ गतेदेखि शुक्रबारसम्म बुक क्लोज गरेको छ । पुस ४ गते सम्म कायम सेयरधनी मात्र बोनस र नगद लाभांशको हकदार हुनेछन् ।
हाल यस लघुवित्तको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ छ । १५% बोनसपछि पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा नेरुडेले ५ करोड ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा छ ।