Market Closed

नेरुडेको संस्थापक सेयर लिलामीमा, न्यूनतम भाउ कति, कसले पाउँछ भर्न ?

29 Jun,2019
  • Auction_6_25_2019_10_06_10.jpg
नेपाली पैसा
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी छ । लगानीकर्ताले यसमा असार १७ गते मंगलबार भित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले असार १० गते देखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । 
 
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम  आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 
यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

नेरुडे लघुवित्तको सेयर लिलामी सम्बन्धी विस्तृत जानकारी यहाँबाट हेर्नुहोस् ।

Post Your Comment