Market Closed

नेप्सेमा २ कम्पनीको ३९ लाख ७७ हजार ४३७ कित्ता सेयर सूचीकृत

24 Sep,2020
  • share_listing_1__9_24_2020_7_27_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा २ कम्पनीको ३९ लाख ७७ हजार ४३७ कित्ता सेयर सूचीकृत भएको छ । जसमा एनएलजी इन्सुरेन्सको ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर रहेको छ । यस कम्पनीले असार ९ गतेबाट साउन २५ गतेसम्म ६०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद अहिले सूचीकरण गरिएको हो । 
 
यस्तै, छयाङदी हाइड्रोपावरको पनि १ लाख ३५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस नेप्सेमा सूचीकृत भएको हो । 
 

Post Your Comment