Market Closed

एनएलजीको खुद नाफा १७.२५% ले बढ्यो, बिमा कोषमा पुग्यो ५३ करोड ११ लाख रुपैयाँ

10 May,2017
  • NLG-insurance-company-ltd_5_10_2017_12_11_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७.२५% ले खुद नाफा बढोत्तरी गरेको छ । यो त्रैमासमा एनएलजीले १२ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको खुद नाफा ११ करोड ६ लाख ७८ हजार रुपैयाँ थियो । एनएलजीको यो त्रैमाससम्म चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १० करोड ५७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको बिमा कोषको आकार पनि बढेर ५३ करोड ११ लाख ६१ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३०% ले बढी हो । गत वर्ष एनएलजीको बिमा कोषमा ४० करोड ७० लाख ३४ हजार रुपैयाँ थियो ।
 
 कम्पनीले ५८% ले बढाएर महाविपत्ति जगेडा ३ करोड ५ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष महाविपत्ति जगेडा १ करोड ९३ लाख ६६ हजार रुपैयाँ थियो । एनएलजीको कुल बिमा शुल्क आर्जन १ अर्ब १ करोड  ३२ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा बिमा शुल्क आर्जन पनि १८.४८% ले वृद्धि गरेको हो । गत वर्ष इन्सुरेन्सले ८५ करोड ५१ लाख ७६ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । एनएलजीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ २८ पैसा छ । 
 
 

Post Your Comment