Market Closed

एनएलजीको खुद नाफा २०.६६% ले बढ्यो, प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६ पैसा

17 Nov,2017
  • NLG-insurance-company-ltd_11_17_2017_11_52_55.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा २०.६६% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष यस इन्सुरेन्सको खुद नाफा ४ करोड ३५ लाख ८३ हजार रुपैयाँ थियो । एनएलजीले कुल ३६ करोड ९७ लाख ६२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बिमा शुल्क आर्जन ३३ करोड २० लाख ६१ हजार रुपैयाँ थियो । यता, पहिलो त्रैमाससम्ममा १८ करोड ४२ लाख ८३ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ । एनएलजीले कुल १३ करोड ५२ लाख १२ हजार रुपैयाँ दाबी भुक्तनी गरेको छ भने भक्तानी हुन बाँकी दाबी रकम ७२ करोड ९० लाख ३९ हजार रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । चुक्ता पुँजी गत वर्ष ४० करोड ९८ लाख ६० हजार रुपैयाँ थियो । एनएलजीको रिजर्भ कोषमा १८ करोड ९० लाख २६ हजार रुपयाँ छ । यता, बिमा कोषमा २५.४२% वृद्धि भएर ६१ करोड ४४ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ । महाविपत्ति जगेडामा पनि कम्पनीले ३ करोड ५ लाख ९९ हजार रुपैयाँ राखेको छ । एनएलजीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ १७ पैसा छ ।
 
 
 

Post Your Comment