Market Closed

एनएलजी इन्सुरेन्सलाई ६०% हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

20 Jan,2020
  • right_sharen_1_20_2020_11_12_15.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले ६०% हकप्रद सेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले १०ः६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । एनएलजी यो हकप्रदको रेटिङ पनि गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment