Market Closed

पुरानालाई चुनौती दिँदै नयाँ जीवन बिमा कम्पनी, व्यवसाय कसरी बन्दैछ झन् प्रतिष्पर्धात्मक

14 May,2018
  • life_insurance_img_5_14_2018_7_02_34.jpg
समिर गौतम
सोभित थपलिया
 
काठमाडौं : हाल कुल १८ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । जसमा यही आर्थिक वर्षमा थपिएका ९ वटा र नेप्सेमा सूचीकृत रहेका पुराना ७ वटा गरी कुल १६ वटा जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । तेस्रो त्रैमासिक वित्तीय विवरणलाई आधार मान्ने हो भने नयाँ जीवन बिमा कम्पनीहरुले पुराना कम्पनीलाई कडा टक्कर दिने देखिएको छ । यसर्थ, आगामी दिनमा बिमा व्यवसाय थप फराकिलो हुनुका तीब्र प्रतिस्पर्धात्मक बन्ने पनि प्रष्ट भएको छ ।
 
खुद नाफालाई मात्र आधार मान्ने हो भने यही वर्ष सञ्चालनमा आए नयाँ जीवन कम्पनीहरु कतिपय पुराना कम्पनी भन्दा अब्बल देखिएका छन् । तर भर्खरै मात्र व्यवसाय सञ्चालन गरेका कारण यी कम्पनीहरुको अन्य पक्षहरु पनि विस्तारै मजबुत हुँदै जाने अनुमान लगाउन सकिन्छ । व्यवसाय विस्तार हुँदै जाँदा बिमा कोष र जगेडा कोष पनि मजबुत हुँदै जाने नै छन् ।



 
यता, पहिलेदेखि नै सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुले जस्तै नयाँले पनि बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्नेछ । यस विषयमा पनि नयाँ कम्पनीहरुलाई सहज हुने देखिन्छ । सञ्चालनमा आएका सबै नयाँ कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गरी बिमा समितिले तोकेका चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

अहिले नै हेर्दा पनि कतिपय पुराना कम्पनीको भन्दा नयाँको चुक्ता पुँजी धेरै छ । पुरानालाई भने पुँजी वृद्धि गर्न अझै कसरत गर्नुपर्ने देखिन्छ । नयाँ कम्पनी थपिएपछि बिमा व्यवसाय पनि थप विस्तार हुनेछ । अहिले जीवन बिमाको पहुँच १०% जनसंख्या भन्दा माथि जान सकेको छैन । धेरै नेपालीमा जीवन बिमा सम्बन्धी ज्ञानको पनि अभाव छ ।

कम्पनीहरु थपिंदै जाँदा यी खाडलहरु पनि पुर्न सकिने आशा गर्न सकिन्छ । अहिले बैंकिङ र बिमा व्यवसाय सञ्चालन गर्न बैंक तथा बिमा कम्पनीहरुको सहकार्य पनि बढ्दै गएको पाइन्छ । यसले पनि दुवैको व्यवसाय विस्तार गर्न मद्दत पुर्याउनेछ । 
 

Post Your Comment