Market Closed

बिमा कम्पनीहरुले ३ महिनामा गरे १३ अर्ब बढी प्रिमियम संकलन, कसको कति ? (टेबलमा)

06 Dec,2017
  • insurance-premium_12_6_2017_5_56_09.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : जीवन र निर्जीवन बिमा कम्पनीहरुले ३ महिनामा १३ अर्ब १४ करोड ७५ लाख ७६ हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) संकलन गरेका छन् । जसमध्ये निर्जीवन बिमा कम्पनीले ५ अर्ब ६३ करोड ४४ लाख ६३ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने जीवन बिमातर्फ ७ अर्ब ५१ करोड ३१ लाख १२ हजार रुपैयाँ संकलन भएको छ । सञ्चालनमा रहेका १७ निर्जीवन बिमा कम्पनीमा सबैभन्दा बढी शिखर इन्सुरेन्सले ७५ करोड २७ लाख ४० हजार रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । यता, सिद्धार्थ इन्सुरेन्सले ४९ करोड ६४ लाख १८ हजार रुपैयाँ प्रिमियम संकलन गर्दा सगरमाथाको ४३ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ । प्रिमियरले पनि ४१ करोड ९२ लाख ४१ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । उसो त निर्जीवन बिमा कम्पनीले पुनर्बिमा कमिसनबाट पनि ६२ करोड ८ लाख रुपैयाँ आम्दानी गरेका छन् । यसमा नेसनल इन्सुरेन्सको पुनबिमा कमिसन आय जोडिएको छैन । नेसनलले बिमा समितिलाई पठाएको आफ्नो वित्तीय विवरणमा पुनर्बिमा कमिसन देखाएको छैन । पुनर्बिमा कमिसनबाट शिखरले नै सबैभन्दा बढी ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको हो ।

 
१५ निर्जीवन बिमा कम्पनीको ७ अर्ब बढी चुक्ता पुँजी, हिमालयन जनरलले मात्र पुर्यायो १ अर्ब
 
हामीकहाँ हाल १७ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये ओरियन्टल र नेसनल इन्सुरेन्स विदेशी बिमा कम्पनीका शाखा हुन् । यी २ कम्पनीले प्रथम त्रैमासमा चुक्ता पुँजी विवरण खुलाएका छैनन् । बाँकी १५ कम्पनीको मिलाउँदा जम्मा पुँजी ७ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ पुँजी पुगेको छ । बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिइसकेको छ । यसआधारमा पनि प्रत्येकको १–१ अर्ब रुपैयाँ हुँदा पन् ि१७ निर्जीबन बिमा कम्पनीको कम्तिमा पनि १७ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नुपर्ने हुन्छ । हुन त सबैजसो बिमा कम्पनीले हकप्रद र बोनस सेयरमा केन्द्रित भएर पुँजी पुर्याउने योजना बिमा समितिमा पेश गरिसकेका छन् । नेसनल र ओरियन्टलले भने हालसम्म पुँजी वृद्धिको योजना पेस गरेका छैनन् ।  
 
 
 जीवन बिमाले उठायो ७ अर्ब ५१ करोड प्रिमियम
 
सञ्चालनमा रहेका नयाँ तथा पुराना गरी जीवन बिमा कम्पनीहरुले ३ महिनामा ७ अर्ब ५१ करोड ३१ लाख १२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । राष्ट्रिय बिमा संस्थानले भने कुल बिमा शुल्क आर्जन देखाएको छैन । ९ पुराना जीवन बिमा कम्पनी र ५ नयाँ जीवन बिमा कम्पनी गरी १४ जीवन बिमा कम्पनीले पेश गरेको विवरण अनुसार सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्सुरेन्सले ३ अर्ब ८० करोड २५ लाख ९९ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, लाइफ इन्सुरेन्स कर्पोरेसनले २ अर्ब २३ करोड ५५ लाख ८ हजार रुपैयाँ प्रिमियम जम्मा गरेको छ । 

 
जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १६ अर्ब बढी, नयाँले आइपीओ मार्फत पुर्याउँदै
 
मेट लाइफ बाहेक १३ नयाँ तथा पुराना जीवन बिमा कम्पनीको हिसाब गर्दा कुल चुक्ता पुँजी १६ अर्ब १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । भर्खरै मात्र सञ्चालनमा आएका ५ जीवन बिमा कम्पनीले आइपीओ जारी गरेर सहजै पुँजी वृद्धि गर्न सक्ने देखिन्छ भने पुराना कम्पनीमा नेपाल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी बिमा समितिले तोकेको भन्दा बढी पुगिसकेको छ । अरु कम्पनी पनि हकप्रद, बोनस सेयर मार्फत पुँजी वृद्धि गर्ने प्रक्रियामा छन् । 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment