Market Closed

नेपाल लाइफको बम्पर लाभांश पारित, अब सर्वसाधारणको भागमा ४०% सेयर

12 Apr,2018
  • nepal_life_4_11_2018__4_12_2018_11_40_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको बुधबार सम्पन्न अठारौं वार्षिक साधारण सभाले बम्पर लाभांश प्रस्ताव पारित गरेको छ । नेपाल लाइफले ४२% बोनस र २८.५३% नगद गरी कुल ७०.५३% लाभांश दिएको हो । साधारण सभा होटल भिष्वा, वीरगञ्जमा भएको थियो । नेपाल लाइफको १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनसमा र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशमा खर्च भएको छ । 
 
त्यस्तै, नेपाल लाइफले संस्थापक तथा साधारण सेयरधनीको सेयर स्वामित्व संरचना परिर्वतनको प्रस्ताव पनि पारित गरेको छ । अब  संस्थापक शेयरधनीको १०% हिस्सा सेयर साधारण सेयरमा परिणत हुनेछ । अहिलेसम्म संस्थापकको ७०% र साधारण सेयरधनीको ३०% सेयर स्वामित्व रहँदै आएको छ ।

साधारण सभाले अनुमोदन गरेकाले अब संस्थापकको ६०% र सर्वसाधारणको ४०% हिस्सा कायम हुनेछ । हाल नेपाल लाइफको चुक्ता पुँजी बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ छ ।
 
चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।

Post Your Comment