Market Closed

नेसनल लाइफले १०० बाट किन झार्यो ६० प्रतिशतमा हकप्रद ?

17 Jul,2017
  • national-life-insurance-company-ltd_7_17_2017_12_41_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ । १०० प्रतिशतबाट घटाउँदै कम्पनीले ६० प्रतिशतमा झारेको हो । तर लगानीकर्तालाई भने घाटा हुने देखिंदैन । सुरुमा यसअघि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो । त्यसलाई फेरि परिमार्जन गरी अब ६० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरिएको हो । २५ प्रतिशत बोनस सेयरमा कायम हुने पुँजीमा ६० प्रतिशत हकप्रद ल्याउन लागिएकाले लगानीकर्तालाई घाटा हुँदैन । यसअघि २५ प्रतिशत बोनसलाई नजोडी ७५ प्रतिशत हकप्रद ल्याउने भनिएको थियो । 
 
कम्पनीका सहायक महाप्रबन्धक प्रताप श्रेठले २५ प्रतिशत बोनस सेयर दिएर त्यसमा कायम हुने पुँजीमा ६० प्रतिशत हकप्रद ल्याउने भएकाले लगानीकर्तालाई घाटा नहुने बताए । ‘प्राविधिक समस्या मिलाउन मात्र यस्तो गरिएको हो । यसबाट लगानीकर्तालाई नोक्सान छैन, अझ फाइदा हुन्छ,’ उनले नेपाली पैसासँग भने । हकप्रद र बोनस प्रस्ताव पारित गराउन नेसनल लाइफ इन्सुरेन्सले साउन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३२ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव गरिएको छ । यसैगरी, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लगिंदैछ । साधारण सभा नेसनल लाइफको केन्द्रीय कार्यालय, लजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ ।
 



Post Your Comment