Market Closed

नेसनल लाइफ इन्सुरेन्सकोे २५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

20 Jul,2017
  • Bonus_7_20_2017_12_45_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सकोे २५% बोनस सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । कम्पनीले साउन २७ मा साधारण सभा गर्न आइतबार (साउन ८) देखि साउन २७ गतेसम्म बुक क्लोज गर्दैछ । सभामा २५% बोनस दिने प्रस्ताव गरिएको छ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने र बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बोनस पाउने हुँदा बिहीबार नै सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः बोनसको हकदार हुनेछन् ।
 
साधारण सभामा इन्सुरेन्सले २५% बोनसपछि कायम हुने चुक्ता पुँजीमा ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेस गर्दैछ । यसअघि २५% बोनसलाई नजोडी ७५% हकप्रद ल्याउने निर्णय गरे पनि यसलाई कम्पनीले परिमार्जन गरेको हो । साधारण सभा नेसनल लाइफको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे सुरु हुनेछ । हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६७० रुपैयाँ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १७ करोड ४७ लाख ४ हजार ३५१ रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८५ पैसा छ ।

Post Your Comment