नेसनल लाइफलाई ६०% हकप्रद सेयर बेच्ने अनुमति, अब यस्तो हुनेछ चुक्ता पुँजी

20 May,2018
  • national-life-insurance-company-lt_5_20_2018_11_07_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । अब चाँडै हकप्रद खुला गर्न प्रक्रिया अघि बढ्नेछ ।

हाल नेसनल लाइफको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५८८ रुपैयाँ छ । यही पुँजीबाट ६०% हकप्रद बिक्री खुला गर्न लागिएको हो । हकप्रद बिक्रीपछि नेसनलको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४० रुपैयाँ पुग्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । यसका लागि कम्पनीले भारी मात्रमा हकप्रद निष्कासन गर्न लागेको हो । 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेसनल लाइफले २२ करोड २० लाख ५२ हजार रुपैयाँ ३५८ रुपैयाँ खुद नाफा कमाएको छ । नेसनलको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४४ पैसा । 
 
 
 
 
 

Post Your Comment