Market Closed

नेसनल लाइफ इन्सुरेन्सको १३.५% बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

12 Mar,2019
  • national-life-insurance-company_8_16_2018_1_08_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको १३.५% बोनस सेयर सुरक्षित गर्न अब २ दिन मात्र समय बाँकी छ । नेसनलले साधारण सभा गर्न शुक्रबार (चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, बिहीबार (फागुन ३० गते) सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । 
नेसनल लाइफले आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा चैत १५ गते डाकेको छ । सभामा सेयरधनीलाई १३.५% बोनस सेयरका साथमा कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 
 
यता, विदेशी लगानीकर्ता समूह भन्ने प्रावधानलाई हटाइने विशेष प्रस्ताव पनि रहेको छ । अब समूह ‘ख’ अन्तर्गतको विदेशी लगानीकर्ता समूहको पनि प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी समूहमा समाहित गरिने भएको छ ।
 
आर्थिक वर्ष २०७३र७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्न, अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव पेश गर्दैछ ।
 
साधारण सभा चैत्र १५ गते नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । 
 
नेसनलले गत भदौमा बिक्री गरेको ६०% हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर दिन लागेको हो । उक्त पुँजीमा १३.५% बोनस दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

नेसनल लाइफ इन्सुरेन्सको साधारण सभाको सबै सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment