Market Closed

नेशनल लाइफ इन्सुरेन्सको १३.५०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

17 Mar,2019
  • price-adjustment-no_3_17_2019_10_58_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेशनल लाइफ इन्सुरेन्सको १३.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार नेशनल लाइफको सेयर कारोबार प्रतिकित्ता ५८९ रुपैयाँ ४३ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ९९० रुपैयाँ ७१ पैसा छ ।
 
नेशनल लाइफले चैत १५ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले सेयरधनीलाई १३.५०% बोनस सेयर र कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले शुक्रबारदेखि बुक क्लोज गरेको हो । 
 
साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । यो इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ११ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 हाल यसको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ रुपैयाँ छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा छ । 
 

Post Your Comment