Market Closed

नेसनल लाइफको शुक्रबार एजीएम बस्ने, लगानीकर्ताले कति पाउँदैछन् बोनस ?

28 Mar,2019
  • national-life-insurance-company_8_16_2018_1_08_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा शुक्रबार (चैत्र १५ गते) बोलाएको छ । सभामा सेयरधनीलाई १३.५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश हुनेछ । बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि हुनेछ । 
 
यता, विदेशी लगानीकर्ता समूह भन्ने प्रावधानलाई हटाइने विशेष प्रस्ताव पनि रहेको छ । अब समूह ‘ख’ अन्तर्गतको विदेशी लगानीकर्ता समूहको पनि प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी समूहमा समाहित गरिने भएको छ ।
 
आर्थिक वर्ष २०७३–७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदनको एजेन्डा पनि राखिएको छ । अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव समेत रहेनछन् ।
 
साधारण सभा चैत्र १५ गते नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभा गर्न यस इन्सुरेन्सले चैत्र १ गतेदेखि चैत्र १५ गतेसम्म बुक क्लोज गरेको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १३.५% बोनस सेयर पाउनेछन् ।
 
नेसनलले बोनस सेयर भने गत भदौमा बिक्री गरेको ६०% हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा दिन लागेको हो । उक्त पुँजीमा १३.५% बोनस सेयर दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

नेसनल लाइफ इन्सुरेन्सको साधारण सभाको सबै सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment