नेसनल लाइफको आज एजीएम, लगानीकर्ताले १३.५% बोनस सेयर पाउने

29 Mar,2019
  • national-life-insurance-company_8_16_2018_1_08_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा शुक्रबार (चैत्र १५ गते) बिहान १०ः३० बजे सुरु गरेको छ । सभामा सेयरधनीलाई १३.५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश भएको छ। बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लगिएको छ ।
 
यता, विदेशी लगानीकर्ता समूह भन्ने प्रावधानलाई हटाइने विशेष प्रस्ताव पनि रहेको छ । अब समूह ‘ख’ अन्तर्गतको विदेशी लगानीकर्ता समूहको पनि प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी समूहमा समाहित गरिने भएको छ ।
 
आर्थिक वर्ष २०७३–७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदनको एजेन्डा पनि राखिएको छ । अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव समेत रहेका छन् ।
 
सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु भएको हो । साधारण सभा गर्न यस इन्सुरेन्सले चैत्र १ गतेदेखि चैत्र १५ गतेसम्म बुक क्लोज गरेको छ । फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित १३.५% बोनस सेयर पाउनेछन् ।
 
नेसनलले बोनस सेयर भने गत भदौमा बिक्री गरेको ६०५ हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा दिन लागेको हो । उक्त पुँजीमा १३।५५ बोनस सेयर दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

Post Your Comment