Market Closed

नेसनल लाइफको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै ३ हजार जनाको स्वास्थ्य परीक्षण

11 Apr,2019
  • 3_4_11_2019_4_58_51.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल लाइफ इन्स्योरेन्सको सह–प्रायोजनमा बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । राम प्रसाद खत्री स्मृती प्रतिष्ठान बझाङको मुख्य आयोजनामा २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको इन्सुरेन्सले जनाएको छ ।
 
उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आँखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टल हस्पिटलका चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो । ७ वटा विशेषज्ञ विधामा कुल २ हजार ९९६ जनाको स्वास्थ्य परिक्षण भएको इन्सुरेन्से जनाएको छ । यस्तै, झण्डै २२ लाख रुपैयाँ बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

Post Your Comment