Market Closed

नेसनल लाइफको कोहलपुरमा नयाँ शाखा, ‘अमृत श्री’ बिमा योजना सार्वजनिक

03 May,2019
  • Final_Pic_5_3_2019_12_19_27.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनीले कोहलपुरमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको यो १०० औं शाखा हो । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरेका छन् । उद्घाटन अवसरमा कम्पनीले ‘अमृत श्री’ नामक नयाँ बिमा योजना पनि शुभारम्भ गरेको छ ।
 
कार्यक्रममा अध्यक्ष चापागाईले पछिल्लो समय बिमाप्रति आमनागरिकको विश्वास बढ्दै गइरहेको र बिमाको पहुँच बढेर १८% पुगेको बताएका बताए । अब बिमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उनको भनाई छ । चापागाईका अनुसार देशको आर्थिक विकासका लागि छरिएर रहेको पुँजी एकीकृत गरी बिमामार्फत सहि ठाउँमा प्रयोग भइरहेको छ । 
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बिमा बजारलाई आधुनिकीकरण गर्न बिमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

Post Your Comment