Market Closed

नेसनल लाइफको खुद नाफा ३७.८१% ले बढ्दा कति पुग्यो इपीएस ?

14 May,2019
  • national-life-insurance-company_8_16_2018_1_08_46.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७.८१% ले खुद नाफा वृद्धि गरी ३० करोड ६ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । नाफा गत वर्ष यसै अवधिमा  कम्पनीले २२ करोड २० लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
नेसनलको खुद बिमा शुल्क २०.८३% ले बढेर ४ अर्ब ७६ करोड ५७ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ३ अर्ब ९४ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म यस इन्सुरेन्सले कुल १ अर्ब ७० करोड ६२ लाख ७३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल २९ करोड ६७ लाख ४० हजार रुपैयाँ रहेको छ ।
 
चुक्ता पुँजी ८१.६०% ले बढाएर ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । यस्तै, जगेडा कोष पनि ५६.९०% ले बढाएर ६८ करोड ७५ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जगेडा कोषमा ४३ करोड ८१ लाख ९१ हजार रुपैयाँ रहेको थियो । जीवन बिमा कोष २३.६८% ले वृद्धि गरी २५ अर्ब २२ करोड ८ लाख ६८ हजार रुपैयाँको भएको छ । गत वर्ष बिमा कोषमा २० अर्ब ३९ करोड १० लाख २३ हजार रुपैयाँ रहेको थियो ।
 
यता, नेसनल लाइफको चुक्ता पुँजीमा भारी वृद्धि हुँदा प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसाले घटेर १३ रुपैयाँ ५६ पैसामा खुम्चिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ पनि गत वर्ष भन्दा ५९ पैसाले घटेर १२२ रुपैयाँ ८५ पैसा पुगेको हो । गत वर्ष प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४४ पैसा छ ।
 

Post Your Comment