Market Closed

नेसलन लाइफको खुद नाफा १२.७३% ले बढ्यो, बिमा कोषमा पनि २७ अर्ब

16 Aug,2019
  • national_life_8_16_2019_7_44_02.jpg
नेपाली पैसा 
 
काठमाडौं  : नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैमासमा १२.७३% ले खुद नाफा वृद्धि गरी ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
नेसनलको खुद बिमा शुल्क २७.१८% ले बढेर ७ अर्ब ८० करोड २ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ६ अर्ब १३ करोड ३२ लाख ७९ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म यस इन्सुरेन्सले कुल २ अर्ब ५० करोड ६ लाख ३० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दाबी रकम भने कुल २६ करोड ५४ लाख ७ हजार रुपैयाँ रहेको छ । कम्पनीले बिमा कोष पनि २४.५८% बढाएर २७ अर्ब १९ करोड पुर्याएको छ । 
 
चुक्ता पुँजी ८१.६०% ले बढाएर ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुर्याएको नेसनलले जगेडा कोष पनि ८१.२४% ले बढाएको छ । यता, नेसनलको चुक्ता पुँजीमा भारी वृद्धि हुँदा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८४ पैसाले घटेर ११ रुपैयाँ १८ पैसामा खुम्चिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १८ रुपैयाँ २ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा छ ।



यहाँबाट हेर्नुहोस् नेसनल लाइफ इन्सुरेन्सको चौथो त्रैमासको वित्तीय विवरण ।
 

Post Your Comment