एनएमबि बैंकले ओमलाई एक्वायर गर्ने, आजै सम्झौता

16 May,2019
  • Acquisition_3_11_2019_12_03_48.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । दुई बैंकबीच एक्विजिसन सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग सम्झौता भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिमा विलय हुन लागेको हो ।
 
उक्त सम्झौता भाँडिएसँगै नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको विकास बैंक ओमको चुक्ता पुँजी २ अर्ब ५१ लाख ५२ लाख रुपैयाँ रहेको छ ।   

Post Your Comment