Market Closed

एनएमबि र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

16 May,2019
  • 60341511_2338940696361430_8357242669881098240_n_5_16_2019_4_22_06.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेका छन् । यी दुई बैंकले बिहीबार एक कार्यक्रम गरी मर्जर सम्बन्धी सम्झौत पत्रामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा एनएमबि बैंकका सञ्चालक प्रदीपराज पाण्डे र ओमका सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका छन् ।
 
आगामी २ महिनाभित्र मर्जर सम्पन्न गर्ने एनएमबि बैंकका सीइओ सुनिल केसीले बताएका छन् । मर्जरपछि बन्ने बैंकको नाम पनि एनएमबि नै राखिने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग सम्झौता भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिमा मिसिन लागेको हो ।
 
उक्त सम्झौता भाँडिएसँगै नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । एनएमबि बैंक सञ्चालनमा आएको २२ वर्ष भएको छ । यस्तै, ओम सञ्चालनमा आएको १९ वर्ष बितिसकेको छ ।
 
तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको विकास बैंक ओमको चुक्ता पुँजी २ अर्ब ५१ लाख ५२ लाख रुपैयाँ रहेको छ ।  

मर्जरमा जाने भएपछि एनएमबि बैंकको सेयर कारोबार रोक्का हुनेछ । ओमको यसअघि नै कारोबार रोक्का छ । प्राइमसँग एक्वायर हुने तयारी गरेदेखि नै ओमको सेयर कारोबार भएको छैन । 


Post Your Comment