Market Closed

ओमसँग मर्जर सम्झौतापछि एनएमबि बैंकको सेयर कारोबार रोक्का

17 May,2019
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता भएपछि एनएमबिले सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्र पठाएको छ । अब एनएमबिको कारोबार मर्जर सम्पन्न भएपछि मात्र खुला हुनेछ । ओमको भने यसअघि प्राइम बैंकले एक्वायर गर्ने निर्णय भएदेखि नै सेयर कारोबार रोक्का रहेको छ । 
 
तर प्राइमसँगको एक्विजिसन सम्झौता भाँडिएपछि ओम अहिले एनएमबिमा मिसिन लागेको हो । एनएमबि र ओमले बिहीबार एक कार्यक्रम गरी मर्जर सम्बन्धी सम्झौता पत्रामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा एनएमबि बैंकका सञ्चालक प्रदीपराज पाण्डे र ओमका सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका हुन् ।
 
मर्जरपछि बन्ने बैंकको नाम पनि एनएमबि नै राखिने भएको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको विकास बैंक ओमको चुक्ता पुँजी २ अर्ब ५१ लाख ५२ लाख रुपैयाँ रहेको छ ।




 

Post Your Comment