Market Closed

एनएमबी बैंकले १९ प्रतिशत बोनस सेयर दिने, कर तिर्ने झन्झट लगानीकर्तालाई नपर्ने

25 Oct,2016
  • nmb-ps_10_25_2016_11_14_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबी बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 
 
बैंकको निर्णय नियामक नेपाल राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 
 
 एनएमबी बैंकले गत आर्थिक वर्ष एक अर्ब १५ करोड तीन लाख १२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । 
 
असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी चार अर्ब ४८ करोड ६९ लाख २४ हजार रूपैयाँ रहेको छ । यो बैंकको रिजर्भमा पनि दुई अर्ब ४६ करोड ३७ लाख ८४ हजार रूपैयाँ छ । 
 
प्रतिसेयर आम्दानी २८.६६ रूपैयाँ रहेको एनएमबीको प्रतिसेयर नेटवर्थ भने १५४.९१ रूपैयाँ छ । 

Post Your Comment