Market Closed

एनएमबि हाइब्रिड फन्डको न्याभ ११.०१ रुपैयाँ, नेपाल टेलिकममा धेरै लगानी

30 Jul,2019
  • mutual-funds-15_8_31_2018_8_43_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल-१ ले असार महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । एक महिनाको अन्तरालमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा कुनै परिवर्तन देखिएको छैन । जेठको जस्तै असारमा पनि यसको न्याभ ११ रुपैयाँ १ पैसा नै रहेको छ ।
 
हाइब्रिड फन्डको सूचीकृत सेयरमा लगानी भने २ करोड ८७ लाख २८ हजार रुपैयाँले बढेर २८ करोड ८६ लाख १६ हजार रुपैयाँ पुगेको छ । फन्डले ४७ वटा सूचीकृत कम्पनीको कुल ६ लाख ३९ हजार ३९ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीको ४४ हजार ७२० कित्तामा ३ करोड ९ लाख ९० हजार रुपैयाँ लगानी रहेको छ ।
 
बैंक मैज्दात पनि अघिल्लो महिना भन्दा १३ करोड ६१ लाख ५ हजार रुपैयाँले बढाएर ५५ करोड ३ लाख ८६ हजार पुर्याएको छ । यस योजनाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १०% नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ  ।

एनएमबि हाइब्रिड फन्डको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment